Logo

अर्थ

नागरिक एपमा फेरि देखिन थाल्यो ड्राइभिङ लाइसेन्स



काठमाडौं । जेनजी आन्दोलनपछि अवरुद्ध भएको लाइसेन्स सम्बन्धी सेवाहरू आंशिक रुपमा सुरु भएका छन् । यसै क्रममा नागरिक एपमा समेत ड्राइभिङ लाइसेन्स देखिन थालेको छ ।

आन्दोलनपछि नागरिक एपमा समेत लाइसेन्स देखिएको थिएन ।

यातायात व्यवस्था विभागकाअनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारू भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १०:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।