काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा ४० प्रतिशत घटेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २० करोड ८५ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा खुद नाफा ३५ करोड ९ लाख रुपैयाँ थियो ।
खुद ब्याज आम्दानीमा ३३.७ प्रतिशतको गिरावट देखिएसँगै नाफामा असर देखिएको छ । खुद ब्याज आम्दानी पहिले ५६ करोड २६ लाख रुपैयाँ रहेकोमा अहिले ३७ करोड ३० लाख रुपैयाँमा झरेको छ ।
पूर्वाधार क्षेत्रमा ऋण लगानी गर्दै आएको निफ्राको वार्षिक प्रतिसेयर आम्दानी ३.८६ प्रतिशत छ ।
पहिले प्रतिसेयर आम्दानी ६.५० रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ ११०.९७ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया