Logo

अर्थ

कुमारी बैंकको निष्क्रिय कर्जा बढ्यो, नाफा घट्यो



काठमाडौं । कुमारी बैंकको निष्क्रिय कर्जा बढेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा निष्क्रिय कर्जाको अंश असोज मसान्तसम्म ६.९८ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ४.९६ प्रतिशत थियो ।

बैंकको खुद नाफा २ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब ७ करोड रुपैयाँ थियो ।

वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड रुपैयाँ ऋणात्मक छ । खुद ब्याज आम्दानी ३.७७ प्रतिशत बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ८० करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ९१ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४५.२१ रुपैयाँ छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ११:३७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।