Logo

अर्थ

एनआइसी एशिया बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा १०.५२ प्रतिशतले वृद्धि भएको छ । चालु आवको तीन महिनामा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले दुई अर्ब २८ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ५५ करोड २५ लाख रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।

असोजमसान्तसम्ममा बैंकको सञ्चालन नाफामा पनि बृद्धि भएको छ । यस अवधिमा बैंकको संचालन मुनाफा ११.३० प्रतिशतले बढेर १९ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १७ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ २१ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसाँ रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १२:१५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।