Logo

अर्थ

हिमालयन बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो



काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक बर्षको तीन महिनामा बैंकको नाफा ७० करोड २८ लाख ९४ हजार रुपैयाँ रहेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.२४ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीले ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने सामन्य बढेको छ। तीन महिनामा बैंकको ब्याज आम्दानी २.२९ प्रतिशतले बढेर २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै असोजमसान्तसम्म बैंकको सञ्चालन नाफा पनि घटेको छ। बैंकको संचालन नाफा ४१.७२ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सो अवधिमा भने बैंकको उक्त नाफा १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा ह्वातै बढेको छ। कर्जा असुली नहुँदा बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.३९ प्रतिशत पुगेको छ ।

तीन महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १२:२३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।