Logo

अर्थ

प्रोटोन इमासको शोरूम नारायणगढमा खुल्यो



चितवन । जगदम्बा मोटर्स प्रा.लि.अन्तर्गतको प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन इमासले चितवनको नारायणगढमा शोरुम सञ्चालनमा ल्याएको छ ।

यस शोरुमबाट थ्री एस सेवा (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) प्रदान हुने जगदम्बा मोटर्सले जनाएको छ । देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै चितवनमा शोरुम सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, विशेष अतिथि सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे र उद्योगपति तथा समाजसेवी बल गोपाल चुके सहभागी थिए ।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नारायणघाट शोरूमले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहक नजिक पुर्‍याउने बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १३:५५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।