काठमाडौं । बाराको सिमरास्थित विमानस्थल आसपास जेनजी र नेकपा एमालेका युवाबीच झडप भएको छ । दुईपक्षबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ ।
अवस्था गम्भीर बन्दै गएको भन्दै स्थानीय प्रशासनले कर्फ्युसमेत जारी गरेको छ ।
एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा आइपुग्ने भएसँगै उनीहरुको स्वागतका लागि एमाले कार्यकर्ता विमानस्थल पुगेका थिए भने बस्नेत लगायतको बिरोधमा जेनजी युवा पुगेपछि दुईपक्षबीच झडपको अवस्था बनेको हो । विमानस्थल बन्द भएपछि पोखरेल र बस्नेतको उडानसमेत रोकिएको जनाइएको छ ।
बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन पोखरेल र बस्नेत सिमरा आउने कार्यक्रम थियो ।




















प्रतिक्रिया