काठमाडाैं । हाप्सा नेपालले काठमाडौंमा शिक्षक तथा विद्यार्थीहरूलाई प्रशिक्षण स्वरूप पहिलो पटक सीपीआर र चोकिंग प्राथमिक उपचार तालिम प्रदान गर्दै आकस्मिक सामूहिक रेस्पोन्स टुलकिटको उद्घाटन गरेको छ ।
हाप्सा नेपालले दरबार हाई स्कुल, रानीपोखरीमा आकस्मिक सामुदायिक रेस्पोन्स टुलकिटको मोबाइल एपको एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गर्दै पहिलोपटक सार्वजनिक विद्यालयमा हातले मात्र दिइने सीपीआर र चोकिंग तालिम सम्पन्न गरेको हो ।
यसले नेपालका विद्यालयहरू र समुदायमा आपत्कालीन तयारी सुदृढ गर्ने दिशामा एक महत्त्वपूर्ण कोशेढुंगा स्थापित गर्ने लक्ष्य लिएको संस्थाले जनाएको छ ।
हाप्सा नेपालद्वारा, ‘सडक साथी’ नामक संस्थाको प्राविधिक सहयोगमा विकसित एपले नेपाली भाषामा आपतकालीन र चोटपटको हेरचाहका सरल, व्यावहारिक भिडियोहरू प्रदान गर्नेछ । यस एपमा घाँटीमा कुनै वस्तु अड्किएर निसास्सिँदा प्राथमिक उपचार (चोकिंग), रक्तश्राव नियन्त्रण, जलन, फ्र्याक्चार समायोजन, मुटुको चाल रोकिएको अवस्था (कार्डियाकर्डी एरेस्ट) तथा अन्य आपतकालीन अवस्थाहरूमा कसरी मद्दत गर्न सकिन्छ भन्ने विषय समेटिएको छ ।
साथै यी सबै भिडियोहरू ग्लोबल हेल्थ मिडिया प्रोजेक्टले मूल रूपमा निर्माण गरेका हुन् । सामग्री विशषज्ञता हाप्सा नेपालका संस्थापक डा.रामुखरेल तथा अन्य अन्तर्राष्ट्रिय आपतकालीन चिकित्सकहरूले उपलब्ध गराएका हुन् । हाप्साले सामग्रीलाई नेपालको ग्रामीण तथा शहरी दुवै सन्दर्भमा उपयोगी हुनेगरी बताएको छ ।




















प्रतिक्रिया