Logo

समाचार

थप सेवाको दाबी नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन



काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरुलाई थप सेवाको दाबी बार्डमा नगर्न निर्देशन दिएको छ । बोर्डले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

हाल बोर्डमा सूचीकृत सेवा प्रदायक संस्थाहरुबाट दिनहुँ जस्तै थप सेवा र संस्थाको स्तरोन्नति पश्चात थप हुने सेवाहरुको लागि निवेदन प्राप्त भएको सन्दर्भमा बोर्डबाट औपचारिक निर्णय नभएसम्म, बिगतमा बोर्डसंग भएको सेवा सम्झौता अनुरुप सेवा प्रवाहलाई निरन्तरता दिई थप सेवाहरुको दाबी स्वास्थ्य बीमा बोर्डमा नगरिदिन बोर्डले भनेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १४:०६   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।