काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका व्यापारी चन्द्रप्रसाद ढकालले दुइवटा श्रीमती विहे गरे। कैयौं मानिसलाई दुइटा श्रीमती ल्याउँदा समस्यामाथि समस्या थपिन्छ । कानूनी झन्झट, बहुविवाहमा जेलसम्मको बसाई, मुद्धामामिला अनि सम्पत्तिमा झगढा आदि इत्यादि । तथापी व्यापारी चन्द्र प्रसाद ढकाल जो आइएमई ग्रुपका अध्यक्ष भनेर चिरपरिचित छन् , उनको हकमा भने यो कुरा ठ्याक्कै विपरीत मात्रै छैन दुइटी श्रीमती नै उनका लागि फलिफाप बनेको देखिन्छ ।
एउटी श्रीमती हुँदाहुँदै उनीसँग सम्बन्धविच्छेद् नै नगरी आफ्नै कम्पनीमा काम गर्ने कर्मचारीसँग प्रेम सम्बन्धमा रहि ढकालले दोस्रो बिवाह गरेको तथ्य छ । यसका लागि ढकालले न त सम्बन्ध विच्छेद नै गर्नुपर्यो नत कुनै कानूनी झन्झट । बरु दुइटी श्रीमती हुँदा आर्थिक रुपमा पनि उनी सम्पन्न हुँदै गए ।
सामान्य परिवारका ढकालले आफू आर्थिक रुपमा सम्पन्न हुँदै गएपछि आफ्ना लागि जेठी श्रीमती नसुहाएको भन्दै श्रीमती लक्ष्मी ढकालमाथि सौता हालेका थिए । श्रीमानलाई ‘पतिदेव’ मान्ने सामाजिक मान्यता तथा पितृसत्तात्मक समाजका अघि ढकालको तिरस्कार एवम् अपमानले अपहेलित भएपनि लक्ष्मीले कुनै कानुनी अड्चन थापिनन्।
दुइटी श्रीमती विहे गरेपछि उनको आर्थिक हैसियत झन् दिन दुगुना रात चौगुना भनेजस्तै भयो । ढकाललाई दुईटी श्रीमती फाप्यो अर्थात् फलिफाप हुँदै गयो । ‘दुइटी श्रीमतीका पोई- कुनाबसी रोइ’ भन्ने चर्चित नेपाली उखान पनि उनीसँग मेल खाएन। ढकालका जेठी श्रीमती लक्ष्मीतर्फ २ सन्तान छन् । एउटा छोरा र एउटी छोरी । अनि कान्छि श्रीमतीसँग एक छोरा छन् ।
ढकाललाई दुईटी श्रीमतीले नै व्यवसायमा साथ दिएका छन् । परिवारका सदस्यहरु अर्थात् दुई छोरा र एक छोरीले पनि उनलाई साथ दिएका छन् । उनको व्यवसायमा परिवारको सापोर्ट मात्रै छैन, उनीहरु आफ्नै कम्पनीमा जागिरे पनि छन् । यसरी हेर्दा दुइटी विहे गर्नु नै ढकालका लागि लक्षिन भित्रिनु भएजस्तै देखिन्छ । जव उनले दुइटा विहे गरे तव उनी झन- झन् धनी र झन झन् खुसी भएर बाँच्न पाएका छन् । समाजमा विरलै यस्ता भाग्यमानी व्यक्ति हुन्छन् जो दुइटा विहे गर्दा झन् झन् सम्पन्न हुन्छन् ।
आईएमई ग्रुपका संस्थापक अध्यक्ष रहेका चन्द्रप्रसाद ढकालको विरासत कम्ति ठुलो छैन । गाउँबाट शहर पसेका उनी छोटो समयमै संसारलाई नै अचम्मीत पार्दै धनाढ्य मात्रै बनेनन्, महा धनाढ्य बनेका छन् । उनको त्यो समय र अहिलेको यो समय देख्नेहरु त अचम्मित हुँदै भन्छन्- वाह! कत्तिका सम्पति हो ?
बाग्लुङको बलेवा, अमलचौरमा जन्मिएका हुन् ढकाल । बाग्लुङको एक विकट गाउँका निम्न मध्यमवर्गीय परिवारका उनी अहिले आफूलाई नेपालका सफल व्यावसायीहरुको सूचीमा पार्न सफल भएका छन् । रेमिट्यान्स व्यवसायबाट अघि बढेका उनी त्यसैको आडबाट अर्बपति भए। उनको रेमिट्यान्स कम्पनी नेपालमा मात्र नभइ विदेशमा समेत फस्टाएको छ। ढकालले विदेशमा रहेका नेपालीबाट रकम उठाएर उतै लगानी गरेका छन्। त्यसको भुक्तानी नेपालका कम्पनीबाट दिँदै आएका छन्।
बाग्लुङबाट काठमाडौं आएसँगै ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागिरे जीवन सुरु गरेका थिए । घरमा खर्च पठाउँदै पढाई अगाढि बढाउनुपर्ने अवस्थाका उनी नेपालमा छिट्टै धनी हुने अत्यन्तै थोरै व्यक्तिमा पर्छन् । राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकालेपछि बैंकमा जागिर सुरु गरेका उनी अहिले सबैभन्दा ठुलो बैंकको मालिक बनेका छन् । उक्त बैँकमा उनले जम्मा ४ वर्ष काम गरेपछि जागीर छोडेर रेमिट्यान्स व्यवसायमा लागेका हुन् । उनले व्यापार व्यवसायमा धेरै क्षेत्रमा हात हाले । २०४८ सालमा कोल्ड स्टोर चलाए। त्यसपछि कार्गो व्यवसाय चलाए । व्यवसाय विस्तारको क्रममा विदेशमा श्रम बेच्ने नेपालीकाहरुको रेमिट्यान्स भित्र्याउने एउटा प्रमुख कम्पनी आईएमई सुरु गरे । जतिबेला उनी आफैं पनि वैदेशिक रोजगारीमा थिए ।
अमेरिकाको भिसा लागेपछि जापान हुँदै अमेरिका जान भनेर हिडेका उनी १० महिना जापानको एउटा छापाखानामा काम गर्न पुगेका थिए। काठमाडौं आएपछि ठमेलमा ‘इन्टरनेसनल मनी एक्सचेन्ज खोलेका उनले हुण्डीबाट पैसा पठाउने कुरा थाह पाएपछि हुण्डीबाट हैन कम्पनीबाट पठाउनुपर्छ भन्दै आइएमई खोलेका थिए । नेपालमा आईएमईको सफलतापछि उनले एक बर्षमै सन् २००२ अगस्ट २ मा बेलायतमा सनबर्ड कम्प्युटर कन्सल्टेन्ट लिमिटेड नामक कम्पनी खोले। त्यसपछि उनले फाइनान्स कम्पनीमा हात हाले । पछि सोहि फाईनान्सलाई वाणिज्य बैंकसँग मर्ज गराएर उनले ग्लोवल आइएमई बैंक स्थापना गरेका थिए।
आइएमई ग्रुपसँग सम्बद्ध अहिले पचास बढी व्यवसाय उनीसँग छन् । रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका उनले ठुला व्यवसाय संचालन गरेका छन् ।
ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आईएमई ग्रुप संलग्न छ ।
जुनसुकै पार्टी तथा तिनका सरकार आएपनि सम्बन्ध बनाई हाल्न सक्ने क्षमता भएका ढकालले पछिल्लो समय पर्यटन पूर्वाधार भन्दै सरकारसँग पहुँच विस्तार गरी देशभरका सरकारी तथा सार्वजनिक जग्गा भाडामा लिएर सातवटै प्रदेशमा केवलकार व्यवसाय सन्चालन गरेका छन् ।
बेलायतमा ढकाल समूहको अवैध लगानी, बर्षौंदेखि हुण्डीमार्फत् ‘कालो धन ओसारपसार’
आईएमइ ग्रुपका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैँककै ‘ढाडस’, पदीय स्वार्थसँग अपराधको ‘सट्टेवाजी’
अर्थमन्त्रीको बुई चढेर व्यवसायी तर्साउँदै चन्द्र ढकाल, ‘एफएनसीसीआई’ को भूमिका शंकास्पद
‘उद्योगीका विरुद्दमा महासंघकै अध्यक्ष, कुलमानसँग कुम मिलाउँदा पंगु बने व्यवसायी’





















प्रतिक्रिया