काठमाडौं । किरात समुदायको उधौली पर्व साथै ज्यापू दिवस, योमरी पुन्ही र धान्य पूर्णिमाका अवसरमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले शुभकामना व्यक्त गरेका छन्। देश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिँदै उनले नेपाल विभिन्न जात, धर्म र संस्कृतिको संगम रहेकाले यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
अध्यक्ष गुरुङले युवापुस्तामाथि पुर्खाले सिर्जित र रक्षा गर्दै आएको धर्म, संस्कृति तथा परम्परालाई जोगाउने ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै ‘टुटेर होइन, जुटेर राष्ट्रिय एकता कायम गर्न यस्ता पर्वले ठूलो योगदान दिने गर्छ,’ बताए ।
उनका अनुसार सांस्कृतिक चाडपर्वहरूले आपसी समझदारी, सामाजिक सद्भाव र राष्ट्रिय पहिचान मजबुत बनाउन सहयोग पु–याउँछन् । उनले सबैलाई सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धनमा लाग्न आग्रह समेत गरे ।




















प्रतिक्रिया