काठमाडौं । ‘हामी नेपाल’का संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बिहीबार नख्खु कारागार पुगेका छन्।
पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र रवि लामिछानेबीच एकता आवश्यक भएको धारणा सार्वजनिक गर्दै आएका गुरुङले सोही प्रसंगमा लामिछानेसँग संवाद सुरु गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौँ र उहाँको धारणा पनि सुन्नेछौँ।’




















प्रतिक्रिया