Logo

प्रमुख समाचार

हेटौंडा बजार क्षेत्रका घरटहरा आफैं भत्काउने अल्टिमेटम आज सकिँदै, भोलिदेखि डोजर चलाइने



हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्र सडक खण्डभित्र पर्ने २५–२५ गजभित्र बनेका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम आज सकिँदैछ ।

सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज विस्तार गर्न लागेको हो ।

सडक डिभिजन कार्यालय हेटौँडाले सार्वजनिक सूचना जारी गर्दै भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरू हुने जानकारी दिएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भौतिक संरचना हटाउने तयारी पूरा भएको छ । ‘हामी भोलिदेखि काम अगाडि बढाउन तयारी अवस्थामा छौं,’ अधिकारीले भने ।

सडक विस्तारको सूचना सार्वजनिक भएको केही दिनमै बजार क्षेत्र तनावग्रस्त बनेको छ । २५/२५ गजभित्र पर्ने संरचनाधनीहरू आन्दोलित भइरहेका छन् भने स्थानीय तहमा समेत दबाब बढिरहेको छ ।

२० मंसिरदेखि सडक डिभिजन अतिक्रमित संरचना हटाउन मैदानमा उत्रिने तयारीमा छ । २० देखि २५ दिनभित्र अतिक्रमित संरचना हटाइसक्ने लक्ष्य सडक डिभिजन कार्यालयले लिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार ११:२८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।