हेटौंडा । हेटौंडा बजार क्षेत्रमा सडक विस्तार रोक्न माग गर्दै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै सडक विस्तारको काम अस्थायी रूपमा रोकेको छ।
पूर्व सांसद विन्दबासिनी कंसाकारको रिटमाथि न्यायाधीश मेघराज पोखरेलको इजलासले घरटहरा नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पुस २ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको हो।
सडक डिभिजनले २५/२५ गज सडक सीमा खाली गराउने तयारी गरेपछि दायर रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ मागेको छ। सर्वोच्चको आदेशपछि हेटौंडा बजार क्षेत्रको सडक विस्तार पुनः अनिश्तित बनेको छ।




















प्रतिक्रिया