काठमाडौँ । बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको छ । चौतर्फी विरोधपछि शुक्रबार रातिको समय सडक पिच गर्न सुरु गरिएको छ ।
अहिले वडा नम्बर १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ आफैँ फिल्डमा खटिएकी छन् । वडाध्यक्षको निगरानीमा काम हुँदै छ ।
एक महिनाअघि काठमाडौँ महानगरपालिकाले सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका थिए ।
सडक धूलो मुक्त बनाउने भन्दै महानगरले काम सुरु गरेपनि खनेर अलपत्र छोड्दा सडक झन् धुल्लामे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले स्थानीयले सडक बन्द गरेका थिए।




















प्रतिक्रिया