Logo

समाचार

प्रेस काउन्सिलका अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान



काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा मनोनीत वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलबाट आचार्यले काउन्सिलको अध्यक्षमा नियुक्त भएकाे पत्र बुझेका हुन् ।

मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई काउन्सिलकाे अध्यक्षमा नियुक्त गरेकाे थियाे ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ६ को उपदफा २ बमोजिम आचार्यलाई ४ वर्षका लागि अध्यक्ष पदमा मनोनित (नियुक्त) गरिएको सञ्चार मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार १४:४३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।