Logo

प्रमुख समाचार

महाराजगञ्जको प्रहरी वृत्त पुनःर्निर्माणमा पाकिस्तानी दूतावासले गर्‍यो सहयोग



काठमाडौँ । प्रहरी वृत्त महराजगञ्जको पुनर्निर्माणमा नेपालस्थित पाकिस्तानी दूतावासले सहयोग गरेको छ ।

कार्यालयको एउटा भागको पुनर्निर्माण र सुसज्जित कार्यालय कक्ष निर्माण गरेर दूतावासले प्रहरीलाई हस्तान्तरण गरेको हो ।

आइतबार नेपाल स्थित पाकिस्तान दूतावासले पुनर्निर्माण गरिएको कार्यालय हस्तान्तरण गरेको छ ।

रक्षा अताशे कर्नल हाजिर उर रहमान र दूतावासका चान्सरी प्रमुख जागिर खानले जेनजी प्रदर्शनमा आगजनी गरिएको कार्यालय कक्षा पुनर्निर्माण गरेर प्रहरी वृत्त महाराजगञ्जका डीएसपी निरञ्जन थापालाई हस्तान्तरण गरे ।

महाराजगञ्ज आसपासको समुदायलाई सुरक्षित राख्न आफ्नो जीवन समर्पण गर्ने प्रहरीप्रति सम्मान व्यक्त गर्ने प्रयास स्वरूप पुनर्निर्माणमा सहयोग गरिएको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।

दूतावासले पुनर्निर्माणसँगै प्रहरीको कार्यालय सञ्चालनमा आवश्यक फर्निचर पनि सहयोग गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार २२:००   :  बजे

336
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।