Logo

प्रमुख समाचार

टिओबीका तेन्जीनलाई पाँच लाख धरौटीमा छाड्न आदेश



काठमाडौं । तिब्बतियन ओरिजिनल ब्लड (टिओबी)का तेन्जीन दावा लामालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो।

उनीविरूद्ध लिखत सम्बन्धी कसुर र लागुऔषधको कसुरमा मुद्दा दर्ता भएको थियो।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लिखत सम्बन्धी कसुरमा उनीसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ।

त्यस्तै लागुऔषध सम्बन्धी कसुरमा भने २० हजार रुपैयाँ माग भएको थियो। जेनजी आन्दोलनपछि एउटा भिडिओ बाहिरिएपछि तेन्जीनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

 

 

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार १७:०१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।