Logo

प्रमुख समाचार

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता पर्ने



बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता पर्ने

 संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले सन् २०२६ मा विश्वका १३३ देशका सात करोड ३० लाख बालबालिकालाई सहयोग पु¥याउन सात अर्ब ६६ करोड डलर आवश्यक पर्ने जनाएको छ ।

संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार, विश्वभरमा बजेट कटौती बढ्दै जाँदा आधारभूत सेवाहरू कमजोर बनेका छन्, जसले बालबालिकाको आवश्यकता झन् बढाएको छ । दातृ मुलुकहरूबाट कम हुँदै गएको सहयोगले युनेसेफका कार्यक्रमहरू प्रभावित बनेका छन्, र सन् २०२४ तथा सन् २०२५ मा देखिएको स्रोत अभावले संस्थालाई कठिन निर्णय लिन बाध्य पारेको छ ।

उनका अनुसार पोषण कार्यक्रममै सन् २०२५ का लागि देखिएको ७२ प्रतिशत स्रोत कमीका कारण २० प्राथमिक देशमा कटौती गर्नुपरेको छ । त्यस्तै, शिक्षाका क्षेत्रमा सात करोड ४५ लाख डलर बराबरको कमीले धेरै बालबालिका सिकाइ, संरक्षण र स्थिरताको जोखिममा परेका छन् ।

फरहान हकले सरकार र दातृ संस्थाहरूलाई दीर्घकालीन र लचिलो आर्थिक सहयोग उपलब्ध गराउन, स्थानीय निकायसँग सहकार्य विस्तार गर्न तथा मानवीय सिद्धान्तलाई प्राथमिकतामा राख्न अनुरोध गरे । युनिसेफका अनुसार सहयोग आवश्यक परेकामध्ये तीन करोड ७० लाख बालिका छन्, र ९ लाखभन्दा बढी अपाङ्गता भएका बालबालिका रहेका छन् ।

युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रस्सेलले द्वन्द्व, विपत्ति, विस्थापन र आर्थिक अस्थिरताले बालबालिका असाधारण कठिनाइमा परेको बताउँदै, हिंसा, भोकमरी, जलवायु संकट तथा अत्यावश्यक सेवाको पतनले उनीहरूको जीवन गम्भीर असरमा परेको उल्लेख गरे।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार २२:०३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।