Logo

प्रमुख समाचार

आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहने



आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहने

काठमाडौं । आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार ०७:४४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।