Logo

प्रमुख समाचार

४ मन्त्रीको शपथ ३ बजे हुने



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । चार जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

शीतल निवास स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छ्न् ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १२:०९   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।