Logo

राजनीति

नुवाकोट-१ बाट कांग्रेस प्रवक्ता महतले उम्मेदवारी दिने



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने बताएका छन् ।

काठमाडौं–५ र नुवाकोट–१ का क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेपछि उनले गृहजिल्ला नुवाकोटबाट उम्मेदवारी दिने बताएका हुन् ।

महाराजगञ्जमा शुक्रबार बिहान पत्रकारहरूसँगको छलफलका क्रममा प्रवक्ता महतले भने, ‘नुवाकोट–१ बाट निर्वाचन लड्छु । क्षेत्रीय समितिले सर्वसम्मत एकल सिफारिस गरिसकेको छ । काठमाडौं–५ बाट पनि साथीहरूले सिफारिस गरिदिनुभएको छ ।’

नुवाकोट–१ क्षेत्रीय कार्यसमितिले बिहीबार प्रवक्ता महतको नाम एकल सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रवक्ता महतले फरक प्रसंगमा कुरा गर्दै पार्टीको आशन्न महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा आफ्नो दाबी रहेको पनि बताए ।

‘१५औँ महाधिवेशनमा सभापतिमा मेरो दाबी रहन्छ । सभापतिज्यूसँग नजिक रहेर लामो समय काम गर्दै आएको छु,’ प्रवक्ता महतले भने, ‘उहाँसँग जोडिएका देशभरका नेता–कार्यकर्तासँग मेरो अट्याचमेन्ट छ ।’

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १५:००   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।