Logo

प्रमुख समाचार

वनमन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, गरे यस्तो निर्णय



 

नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागतदेखि चुनाव गर्नेसम्मका सरकारका म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रित गर्ने बताएका छन्  ।

शुक्रबार पद तथा गोपनीयताको शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै वर्तमान सरकारको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रित गर्ने बताएका छन् ।

उनले मन्त्रालय र मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न कमिटी बनाएर अघि बढ्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए ।

त्यस्तै मन्त्री चौलागाईंले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनाको घोषणा भइसकेको अवस्थामा छिटै कार्यालय बनाएर निकुञ्ज सञ्चालन गरिने बताए ।

वन तथा वातावरणको क्षेत्रमा पर्ने वन संरक्षण, जलवायु परिवर्तन लगायतका मुद्दालाई छिटो समयमा स्थापित गर्ने उनको भनाइ छ ।
उनले सरकारले तोकेको निर्वाचन सफल पार्न पनि भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १९:०९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।