Logo

समाचार

रास्वपाबाट दोलखामा युवा इन्जिनियर जगदीश खरेल उम्मेदवार



दोलखा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा नेता इन्जिनियर जगदीश खरेललाई दोलखाबाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि  उमेदवार बनाएको छ ।

जिल्लाबाट एकल सिफारिस भएका उनलाई रास्वपाले आइतबार उमेदवार बनाउने निर्णय गरेको हो ।

पछिल्लो समयमा दोलखामा निरन्तर संगठन बनाउन खटिएका उनी संगठन विस्तारसँगै आफ्नो प्रभाव बढाउँदै लगेका थिए ।

जलविद्युत् क्षेत्रमा विज्ञता भएका उनी संगठन नभएको समयमा २०७९ सालमा प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रेका थिए । उक्त निर्वाचनमा उनी कांग्रेस मा‌ओवादी गठबन्धन विजयी हुँदा तेस्रो बनेका थिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १८:४१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।