काठमाडाैं । विद्युतीय सवारी साधनको आधिकारिक वितरक सीजी मोटर्सले पोखरामा मेगा सेल्स एण्ड एक्सचेन्ज क्याम्प आयोजना गर्ने घोषणा गरेको छ। यस कार्यक्रममा विश्वप्रसिद्ध इभी ब्रान्ड AION र XPENG का विभिन्न मोडेलहरू नजिकबाट अवलोकन तथा अनुभव गर्न सकिनेछ।
कम्पनीका अनुसार क्याम्पमा ग्राहकहरूका लागि आकर्षक बिक्री तथा एक्सचेन्ज अफरहरू उपलब्ध गराइनेछ, जसले प्रिमियम विद्युतीय सवारी खरिदलाई अझ सहज बनाउने लक्ष्य राखेको छ। कार्यक्रममा नगद छुट, अन-द-स्पट फाइनान्स सुविधा, १ वर्षको AutoPlus बीमा, एक्सचेन्ज बोनस, वाल-माउन्ट होम चार्जर तथा चालु आर्थिक वर्षको वार्षिक रोड ट्याक्स सुविधा प्रदान गरिनेछ। साथै, कार्यक्रम अवधिभर दैनिक लक्की ड्रको व्यवस्था पनि रहनेछ।
यो मेगा सेल्स एण्ड एक्सचेन्ज क्याम्प चैत ११ देखि १४, २०८२ सम्म पाेखरास्थित CG Motors Archalbot मा सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी हुने आगन्तुकहरूले टेस्ट ड्राइभ गर्ने अवसरका साथै ग्राहक–मैत्री वातावरणमा विशेष अफरहरू प्राप्त गर्न सक्नेछन्।
सीजी मोटर्सले इच्छुक ग्राहकहरूलाई सीमित अवधिका यी विशेष सुविधाहरूको लाभ लिन तथा आफ्ना सवारी साधनलाई आधुनिक विद्युतीय विकल्पमा अपग्रेड गर्न कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।




















प्रतिक्रिया