Logo

अर्थ

नेपाल बैंक र ईकमर्स अनलाईन प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता



काठमाडौं । नेपाल बैंक लिमिटेड र दराजबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

भोलि चैत्र २० गते देखि चैत्र २७ गते सम्म लागू हुने उक्त सम्झौतापत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र दराजको तर्फबाट प्रवन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरे ।

नजिकिदै गरेको नयाँ वर्ष २०८३ लाई लक्षित गरी नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको हो । नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु ५०० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु ७५० सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा इ–कमर्स गर्नुपर्नेछ र उक्त कार्य गर्दा कुनै शुल्क लाग्ने छैन । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको कुनै पनि शाखा मार्फत इ—कमर्स सक्रिय गर्नु पर्नेछ । बैंकले ग्राहकहरुलाई उक्त प्रयोजनार्थ आफ्नो कार्डमा इ–कमर्स गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १७:०३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।