Logo

अर्थ

कुमारी बैंकले मनायो २५औं वार्षिकोत्सव



काठमाडाैं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ ।

यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ ।

कुमारी बैंकको २५औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाण्डौं, ललितपुर, भक्तपुर लगायत उपत्यका बाहिरका सम्पूर्ण प्रदेशहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न “परम्परागत भेषभुषा” पहिरन गरि वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुर्‍याएको छ । विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ ।

यस पहलमार्फत, बैंकले “सबैका लागि सधैका लागि” भन्ने मूल उद्धेश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।

यसका साथै बैंकले अफ्ना सम्पूर्ण शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु देशै भरि वर्षै भरि गर्न “समुदायका लागि कुमारी बैंक” कार्यक्रमको थालनि गरेको छ ।

यस कार्यक्रम मार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरुको जिवन स्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ । साथै, बैंकले आफ्नो रजत जयन्तीको अबसरमा सिल्भर सेभिङ्गस् बचत खाता पनि सार्वजनिक गरिसकेको छ जसमा ग्राहकहरुले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन् ।

 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १४:३३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।