Logo

विविध

बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति



बाजुरा । बाजुरामा हावाहुरी सहित चट्याङ र असिना पानी परेको छ । यहाँका ९ वटै स्थानीय तहमा तीव्र वेगमा हावासहित चट्याङ असिना पानी परेको हो।मौसममा आएको बदली सँगै तीव्र वेगमा हावाहुरी चल्दा यहाँको जनजीवन प्रभावित बनेको हो ।

हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटर लगायतको तरकारी बाली सखाप परेको हो । मेहेनत गरेर लगाएको खेती असिना पानीले असर पु¥याएपछि किसान चिन्तित बनेका छन् ।

असिनाले हिउँदे बाली गहुँ, जौ, तरकारी, फलफूल खेतीमा ठुलो क्षति भएको बडिमालिका—७ ढम्कनेका स्थानीय हरिकृष्ण वोहराले बताए ।

बाजुरामा वर्षेनी असिना पानीले हिउँदे बालीनालीमा असर पुर्याउने गरेको उनले जानकारी दिए।असिना हिउँ गहुँ,जौ लगायत तरकारी बालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुरामा हिजो बेलुकी मात्रै परेको असिना पानी र चट्याङले पशु चौपायामा क्षति पु¥याएको छ । विभिन्न ठाउँमा १६ भेडा बाख्रा मरेका हुन् । भने ३८ भेडा बाख्रा हराएका छन् ।

त्यस्तै हावाहुरीले घरहरूमा समेत क्षति पु¥याएको हो । बाजुरामा बर्षेनी विगतजन्य घटनाबाट ठुलो क्षति हुने गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार १९:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।