Logo

दुर्घटना

रोल्पामा जिप दुर्घटना : १७ जनाको मृत्यु



रोल्पा। रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप अनियन्त्रित भई करिब ८०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ ।

लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार १९:१४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।