Logo

विविध

अवकाशमा सशस्त्रका आइजिपी अर्याल



काठमाडौं। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल अवकाशमा गएका छन्। शुक्रबार सशस्त्र प्रहरी मुख्यालयमा उनलाई बिदाइ गरिएको हो।

उनलाई एआइजी नाारायणदत्त पौडेलले मायाको चिनो प्रदान गरी बिदाइ गरेका हुन्। सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार चार वर्षे सेवा हदका कारण उनी अवकाशमा गएका हुन्।

अर्याल २०७९ वैशाख १८ गते सशस्त्र प्रहरी बलको आइजिपीमा नियुक्त भएका थिए। अर्याल २०५४ साल चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवामा प्रवेश गरेका थिए।

पछि उनलाई नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण गरिएको थियो। सशस्त्र प्रहरी बलमा आएपछि २०५८ असार १८ गते उनी डिएसपीमा बढुवा भएका थिए। सरकारले उनको अवकाश अगावै एआइजी पौडेललाई आइजिपी नियुक्ति गरिसकेको छ। अब पौडेलले सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्नेछन्।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार १९:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।