Logo

समाचार

व्यवसायी भट्टको बन्दीप्रत्यक्षीकरण रिटको पेसी, तर ‘हेर्न नमिल्ने’



काठमाडौं। सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको थुनामुक्तिका लागि दर्ता भएको बन्दीप्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’ भएको छ।

भट्टको हकमा उनकी श्रीमती आयुष्मा नेपालले शुक्रबार बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन्। एकैदिन सर्वोच्च अदालतमा रिट दर्ता र सुनुवाइको पेसी तय भएको थियो।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाइका लागि तय भएको पेसी ‘हेर्न नमिल्ने’ भएका कारण आउँदो सोमबारका लागि सरेको छ।

भट्टलाई अनुसन्धानका लागि पछिल्लोपल्ट काठमाडौं जिल्ला अदालतबाट सात दिनको थुना म्याद थप भएको छ। प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई गत चैत १९ गते काठमाडौको नक्साल गैरीधाराबाट पक्राउ गरेको थियो। रिट ‘हेर्न नमिल्ने’ कारण भने खुलेको छैन।

भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ। सम्पत्ति शुद्धीकरणको पत्रका आधारमा भट्टको राहदानी समेत कालोसूचीमा राखिएको छ। भट्टको थुना गैरकानुनी रहेको दाबी गर्दै सर्वोच्चसमक्ष रिहाइको माग गरिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार १९:३७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।