काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले घटेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
आइतबार नेपाली बजारमा चाँदी प्रतितोला ५ हजार १० रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया