काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँको काठमाडौंस्थित कार्यालय तथा हेटौँडास्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।
उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो । हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र लिएर गएको हो ।
स्रोतका अनुसार, काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो ।
बानियाँ राजनीतिसँगै व्यावसायमा पनि सक्रिय छन् ।





















प्रतिक्रिया