Logo

विविध

हावाहुरीले चितवनका विभिन्न ठाउँमा रुख ढलेर अवरुद्ध सडक सुचारु



चितवन। चितवनका विभिन्न स्थानमा आएको हावाहुरी र वर्षाका कारण अवरुद्ध सडक सुचारु भएको छ ।

सोमबार दिउँसो करिब २ः२० बजे आएको हावाहुरीले रुख ढाल्दा यातायात सेवा प्रभावित भएको थियो ।

भरतपुर महानगरपालिका वडा नं. ९ गोन्द्राङ र वडा नं. १ देवघाट क्षेत्रमा रुख ढलेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयबाट तत्काल प्रहरी टोली खटि गएको र ढलेका रुखहरू हटाई अवरुद्ध बाटो पुनः सुचारु गरिएको चितवन प्रहरी ले जनाएको छ ।

हावाहुरी र वर्षाको क्रम अझै जारी रहेकाले जिल्ला प्रहरी कार्यालय चितवनले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

जङ्गल क्षेत्र भएर यात्रा गर्नेहरूले बाटोको अवस्थाबारे पूर्व जानकारी लिन र प्रतिकूल मौसममा यात्रा गर्दा सचेत रहन सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार २०:४२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।