Logo

प्रमुख समाचार

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ



काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् । सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्रा गरेको हो ।

उनलाई अदालतको अनुमति लिएर पक्राउ गरिएको र हाल अनुसन्धानको चरणमा रहेको प्रहरीले जनाएको छ।

स्मार्ट टेलिकम प्रालिले नेपाल दूरसञ्चार प्राधिकरण बाट २०७० सालमा आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिपत्र लिएको थियो। तर, नियमानुसार समयमै नवीकरण नगरेपछि कम्पनीको लाइसेन्स दूरसञ्चार ऐन, २०५३ अनुसार २०८० वैशाख ३ गतेदेखि स्वतः रद्द भएको थियो।

लाइसेन्स रद्द भएसँगै कम्पनीका सम्पूर्ण पूर्वाधार, सञ्जाल र सम्पत्ति प्राधिकरणको नियन्त्रणमा गएको थियो। यद्यपि, अनुसन्धान अनुसार ती सम्पत्तिमा अनधिकृत हस्तक्षेप भएको आशंका गरिएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलवार १०:२४   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।