Logo

खेलकुद

आसिफकाे उत्कृष्ट ब्याटिङमा ओमानलाई नेपालले दियाे २५७ रनकाे लक्ष्य



काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।

आसिफ र आरिफ शेख दाजुभाई ब्याटिङमा चम्किँदा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो ।

आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेपालको लक्ष्य २५० पार गरे। उनले २४ बलमा ४३ रन बनाए ।

यस्तै, ओपनर आसिफ शेखले ९४ रनको सानदार पारी खेले । अर्जुन कुमालले ४८, दिपेन्द्र सिंह ऐरीले ३३, आरिफ शेखले गुलशन झाले १७ रन बनाउँदा विनोद भण्डारी र करण केसीले खाता समेत खोल्न सकेनन् ।

सन्दीप लामिछाने १ रनमा रनआउट भए । कप्तान रोहित पौडेल ९ रन जोडेर आउट हुँदा नन्दन यादवले २ रनमात्रै बनाए ।

ओमानका लागि नदिम खानले सर्वाधिक ३ र तथा सकिल अहमदले २ विकेट लिए । जितेन रामानान्डी, हसनैनन शाह र आर्यन विष्टले समान १ विकेट लिए ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलवार १३:०६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।