Logo

अर्थ

तोलामा ५ हजार ८ सयले बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य आज तोलामा १७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार ११:१६   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।