काठमाडौं । सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब १७ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
पर्यटन विभागकाअनुसार शरद ऋतुमा आरोहीहरुबाट ती हिमालबाट आरोहणबापत १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ रोयल्टी संकलन गरेको हो । यो रोयल्टी सन् २०२६ मार्च १ देखि मे ५ सम्म संकलन गरिएको हो ।
पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति लिएका छन् । उनीहरू मार्फत १ अर्ब १ करोड २८ लाख २३ हजार ९ सय २५ रुपैयाँ रोयल्टी संकलन भएको हो ।
विभागकाअनुसार सबैभन्दा धेरै रोयल्टी सरकारले विश्वकै सर्वोच्च शिखर सगरमाथाबाट संकलन गरेको छ ।
यो सिजनमा २९ वटा हिमाल आरोहण गर्न १२७ वटा समूहले अनुमति लिएका छन् । ती समूहका ८११ जना पुरुष र २६१ जना महिला गरी कुल १ हजार ७२ जनाले हिमाल आरोहणका लागि अनुमति पाएका छन् ।





















प्रतिक्रिया