काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ६.९४ अंकले बढेर २,७१८ को विन्दुमा कायम भएको छ ।
आज १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीकाे मूल्य घटेको छ ।
आज २ अर्ब ९३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको १७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १४ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वाबलम्बन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले १२.१९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानकिर्ताले १३.२४ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया