काठमाडौं। प्रहरी देशका विभिन्न स्थानबाट लागू औषधसहित ११ जनालाई पक्राउ गरेको छ।
चितवन, मकवानपुर, मोरङ, ताप्लेजुङ, बारालगायत जिल्लाबाट प्रहरीले अवैध लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको हो।
चितवनको भरतपुर महानगर ९ स्थित काँडाघारी टोलबाट तीन, मकवानपुर, हेटौँडा उपमहानगर ११ थानाभर्याङबाट एक, मोरङ, पथरीशनिश्चरे नगरपालिका ४ मिलन चोकबाट तीन, ताप्लेजुङ, फुङलिङ नगरपालिका २ बाट तीन र बाराको निजगढ नगरपालिका ११ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





















प्रतिक्रिया