Logo

प्रमुख समाचार

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश सिफारिस शर्माको सुनुवाइ प्रक्रिया आजबाट सुरु हुने



काठमाडौं । प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ आजैबाट सुरु हुने भएको छ ।

संसदीय सुनुवाइका लागि आज (शुक्रबार) दिउँसो ४ बजेका लागि बैठक आह्वान भएको छ ।

सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बैठक बस्न लागेको हो ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची तय भएको छ । शर्मालाई हिजो (बिहीबार) बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था रहेकोले यो प्रक्रिया शक्ति सन्तुलन र लोकतान्त्रिक निगरानीको महत्वपूर्ण अभ्यासका रूपमा लिइन्छ ।

तर, सिफारिसपछि देखिएको कानूनी चुनौतीले यो प्रक्रिया सहज भन्दा बढी विवादित बन्न सक्ने संकेत दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दै यसको वैधता र प्रक्रियागत पक्षमाथि न्यायिक परीक्षणको माग गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार १५:३६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।