Logo

अन्तर्राष्ट्रिय

रुसको तेल र ग्यासबाट हुने आम्दानीमा ३८ प्रतिशतले कमी



काठमाडौं ।रुसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ। सन् २०२६ को पहिलो चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा तेल र ग्यासबाट हुने आम्दानी ३८.३ प्रतिशतले घटेर करिब ३०.९५ अर्ब अमेरिकी डलरमा झरेको रुसी अर्थ मन्त्रालयले शुक्रबार आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

यो गिरावट मुख्य रूपमा अघिल्लो अवधिहरूमा तेलको कम मूल्यका कारण भएको मन्त्रालयले जनाएको छ। यद्यपि, यो अवधिमा गैर–तेल र ग्याँसको राजस्व १०.२ प्रतिशतले बढेर झण्डै एक खर्ब २६ अर्ब ९० करोड डलर पुगेको छ।

मन्त्रालयले भनेको छ, “अनुकूल मूल्य अवस्थाको अवधिमा अतिरिक्त तेल र ग्याँस राजस्वको संचय, कम अनुकूल अवधिमा कमीहरू पूरा गर्न राष्ट्रिय सम्पत्ति कोषको प्रयोगको कारण ऊर्जा आयमा उतार–चढाव भएपनि बजेट प्रणालीको स्थिरता सुनिश्चित रहेको छ।”

सन् २०२६देखि सन् २०२८ सम्मको अवधिको लागि तयार पारिएको बजेट कानून अनुसार रुसले सन् २०२६ को लागि तेल र ग्याँसबाट करिब एक खर्ब २० अर्ब १० करोड डलर र गैरइन्धन राजस्वबाट करिब चार खर्ब २२ अर्ब ४० करोड डलर आर्जन गर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार २०:०३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।