Logo

अर्थ

एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्यमा १ हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको कारोबार प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा भईरहेको छ । गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी २५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार ११:१२   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।