Logo

अपराध

लागू औषधसहित देशभरबाट २२ जना पक्राउ



काठमाडौं। प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा २२ जनालाई पक्राउ गरेको छ। प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, रौतहट, पर्सा, झापा, मोरङलगायत जिल्लाबाट अवैध लागू औषधसहित २२ जनालाई पक्राउ गरेको हो।

दाङको तुलसीपुर उपमहानगर ५ बाट एक, कैलालीको भजनी नगरपालिका ३ कुसुमघाटबाट एक, जानकी गाउँपालिका १ गुजरूवा चौराहबाट एक, धनगढी उपमहानगर २ त्रिनगरबाट एक जना पक्राउ परेका छन्।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका १३ बडैपुरबाट एक, पुनर्वास नगरपालिका ४ घगाउँबाट दुई जना पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका ५ बाट एक, पर्साको वीरगञ्ज महानगर १६ बाट पाँच, झापाको भद्रपुर नगरपालिका ८ बाट दुई, कनकाई नगरपालिका ३ सुरुङगा बजारबाट एक, मेचीनगर नगरपालिका ६ मेचीडाँडाबाट एक जना अवैध लागू औषसहित पक्राउ परेका छन्।

मोरङको कानेपोखरी गाउँपालिका ६ नमूनाटोलबाट एक, महोत्तरीको बर्दिवास नगरपालिका १ बाट एक, सुनसरीको धरान उपमहानगर १६ गणेशमान चोकबाट दुई र बर्दियाको बाँसगढी नगरपालिका ५ बाँसगढीबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार २१:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।