काठमाडौं। टर्कीबाट काठमाडौंका लागि आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ।
इस्तानबुलबाट सोमबार बिहान काठमाडौं आएको टीके७२६ कल साइनको विमानमा अवतरण हुँदा चक्कामा आगलागी भए पनि तुरुन्तै दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको हो।





















प्रतिक्रिया