काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५३ सय रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया