काठमाडौं । विपद् उद्धारलाई प्रतिक्रियामुखी नभई पूर्वतयारीमुखी बनाउने नीति लिने सरकारले घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
खोज उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन वटै सुरक्षा निकायम सम्मिलित एकीकृत मापदण्ड कमान्ड बनाएर काम गरिने बताइएको छ । विपद् उद्धारमा ड्रोनको प्रयोग, हेलिकप्टरको प्रयोगका साथै निजी क्षेत्रसँग पनि साझेदारी गरिने बताइएको छ ।





















प्रतिक्रिया