काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य सोमबारको तुलनामा ३ सय ५५ रुपैयाँले बढेको छ ।
यसदिन चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया