काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ४.१५ अंकले घटेर २,७४० को विन्दुमा कायम भएको छ ।
आज ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको मूल्य घटेको छ ।
आज २ अर्ब ८० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस कम्पनीको २७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको ९ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ११.४२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ११.१७ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया