Logo

अर्थ

५ हजारभन्दा बढीले बुझाएनन् सम्पत्ति विवरण



काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ मा सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व भएका सार्वजनिक पदधारीहरूमध्ये ५ हजार २ सय ६५ जनाले तोकिएको समयभित्र विवरण नबुझाएको पाइएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको ‘सम्पत्ति विवरण अनुगमन प्रतिवेदन’ अनुसार ७ लाख ७२ हजारभन्दा बढी कर्मचारी र पदाधिकारीमध्ये ९९.३२ प्रतिशतले मात्र विवरण बुझाएका हुन् ।

केन्द्रका सचिव सुरजकुमार वैद्यले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसमक्ष उक्त प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदनका अनुसार संघीय तहका ५ हजार २ सय ७० जना, प्रदेश तहका ४५८ जना र स्थानीय तहका ३७७ जना गरी कुल ५ हजार २ सय ६५ जनाले सम्पत्ति विवरण नबुझाएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद नाघ्ने पदाधिकारीमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार १८:२६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।